आगामी स्थानीय तहको चुनाबमा गुल्मीमा १२ दल दर्ता

मुख्य खबर


आगामी स्थानीय तहको निर्वाचनमा चुनाव चिन्ह प्राप्तिका लागि गुल्मीमा १२ वटा दल दर्ता भएका छन् ।

जिल्ला निर्वाचन अधिकृत माया कुँवरका अनुसार नेकपा माओवादी केन्द्र , राप्रपा नेपाल, राप्रपा, राजमो, राष्ट्रिय जनमुक्ति पार्टी, नेकपा माले, विवेकशील साझा पार्टी ,मङ्गोल नेशनल अर्गनाइजेसन पार्टी ,नेपाली काङ्ग्रेस बिपिले पार्टी दर्ता गराएको छ ।

 यस्तै सामाजिक एकता पार्टी , उन्नत लोकतन्त्र पार्टी र जन समाजवादी पार्टी पनि दल दर्ता गरेका छन । एमालेबाट फुटेर केही महिना अघि मात्र गठन भएको नेकपा एकीकृतले भने राष्ट्रिय मान्यता प्राप्त दलको सूचीमा परी चुनाव चिन्ह कलम पाइसकेको अधिकृत कुँवरको भनाइ रहेको  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *