प्रेस सेण्टर नेपाल खजुरा गाउँपालिकाको अध्यक्षमा थापा

लुम्बिनी प्रदेश बिशेष स्थानीय तह


बाँके: प्रेस सेन्टर नेपाल खजुरा गाउँपालिकाको अध्यक्षमा रेखा थापा   निर्वाचित भएकी  छिन । शनिबार  खजुरा गाउँपालिकाको वडा नं ३ खजुरा बजारमा  सम्पन्न भएको प्रेस सेन्टर नेपाल खजुरा गाउँपालिकाको प्रथम ऎतिहासिक सम्मेलनबाट थापा अध्यक्षमा निर्वाचित भएकी हुन ।
थापाको अध्यक्षयतामा ९ सदस्यीय पालिका कमिटी गठन गरिएको छ  जस अन्तर्गत सेन्टरको उपाध्यक्षमा अमृता अवास,  सचिवमा अक्तार खाँन, सहसचिवमा अफताब खान, कोषाध्यक्षमा बिना चौधरी त्यस्तै सदस्यहरुमा सुनिल परियार, सुरज नगाल, रबिना बि-क-, सन्तोष रम्तेल चयन भएका छ्न ।
प्रेस सेन्टर नेपाल बाँकेका कार्यबाहक सचिब केपी घिमिरेले सञ्चालन गरेको कार्यक्रममा प्रेस सेण्टर बाँकेका  अध्यक्ष डा- डक्ट प्रसाद धितालको  अध्यक्षतामा  भएको कार्यक्रममा प्रमुख अतिथि प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य सिराज खान,  अतिथिहरुमा लुम्बिनी प्रदेश सचिव तथा आदिवासी पत्रकार महासंघका लुम्बिनी प्रदेश अध्यक्ष गजेन्द्र गुरुङ, प्रेस सेण्टर नेपाल लुम्बिनी प्रदेश सचिव आलाम खान,  खजुरा  गाउँपालिका वडा न ३ का वडा अध्यक्ष कान्तुराम गौतम  , खजुरा गाउँपालिका उपाध्यक्ष प्रदिप वली , प्रेस सेण्टर नेपाल नेपालगन्ज उपमहानगरपालिका अध्यक्ष चन्द्र बोहरा, लगायतको सहभागीता रहेको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *