
नेपालगन्ज – नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा माता बागेश्वरी बचत तथा ऋण सहकारी संस्था नेपालगंजका अध्यक्ष रसीद अहमद क़ुरैशी लगायतको टीमले स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
सहकारीका सचिव बदरूददुजा खाँ र संस्थाका शुभेच्छुक मज़हर अली साई, सफ़ीक अहमद सिद्दीक़ी र बिजय पाठकको सहयोगमा मेडिकल कलेजमा कार्यरत सहयोगी कर्मचारी १३० जना र नर्सिंग कर्मचारी ३० जनालाई पुग्ने सामाग्री वितरण गरिएको अध्यक्ष कुरैशीले बताउनुभयो ।

कोरोना भाईरस संक्रमित बिरामीहरूको सेवामा अहोरात्र खटीई ज्यान जोखिममा राखि सेवामा समर्पित भएकोले वहाँहरूको मनोबल बृद्धि गर्नको लागी कोरोना भाईरस बाट सुरक्षित भई सेवा दिने उद्देश्यले उक्त मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका उप निर्देशक डा- कुमार पोखरेल, सहायक निर्देशक डा- रोमन किदवाई , प्रशासकीय अधिकृत कुमार अधिकारी र मेट्रोन ममता शर्मालाई सामाग्री हस्तान्तरण गरिएको हो ।
सहयोग गरिएका सामाग्रीहरुमा यूटी लिटी ग्लोब्स १३० जोड़ा, एन 95 मास्क १६० पीस , सर्जिकल मास्क ८३० पीस , सर्जिकल केप ८३० पीस , सेनिटाइजर १६० पीस रहेको अस्पतालका सहायक निर्देशक डा- किदुवाईले बताउनु भयो ।
