डा – गुप्ताले नेपाली कांग्रेस नेपालगन्ज उपमहानगरपालिका वडा नं ३ बाट वडा अध्यक्षमा उम्मेदवारी दिने घोषणा 

नेपालगंज बिशेष स्थानीय तह


नेपालगन्ज : आसन्न स्थानीय निर्वाचनमा बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं ३ मा नेपाली कांग्रेस पार्टीबाट वडा अध्यक्षमा डा- पंकज कुमार गुप्ताले उम्मेदवार घोषणा गरेका छन् ।

लामो समयसम्म पार्टीको निकट रहेर काम गरेका गुप्ताले आफ्नो उम्मेदवारी जायज भएको बताएका छन् । पार्टीमा २०४८ सालको सक्रिय सदस्य लिएका गुप्ताले वडामा सक्रिय रुपमा रहेर काम गरेको  बताएका छन् ।

पहिले वडामा बुथ उपसभापति रहेका गुप्ता हाल बुथका सचिव रहेका छन् । गुप्ता समाजसेवामा समेत सक्रिय रहेका छन् । उनी बाँके जिल्लामा पहिलो  फिजियोथेरापिष्टका रुपमा कार्यरत रहेका छन् । गुप्ताले आफु वडा अध्यक्षमा उठ्न सक्षम रहेको बताउदै एक कार्यक्रममा  आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *