अछामी सेवा समाज बाँकेले देउडा सहितको होली मिलन कार्यक्रम गर्दै

स्थानीय तह



नेपालगन्ज : बाँके जिल्लामा गठन गरिएको अछामी सेवा समाजले चैत्र ३ र ४ गतेका दिन देउडा सहितको होली मिलन कार्यक्रम आयोजना गर्न गइरहेको छ ।
अछाम जिल्लाबाट विभिन्न पेशा, व्यवसाय, जागिरे, घर बनाएर बसेका, विद्यार्थी लगायतका व्यक्तिहरुको उपस्थितिमा स्थानीय कलाकारहरुको साथमा होली देउडा कार्यक्रम गर्न लागिएको अछामी सेवा संघ बाँकेका अध्यक्ष टेक बहादुर खड्काले  जानकारी दिनुभयो ।
नेपालगन्ज बसपार्कमा गर्न लागिएको उक्त कार्यक्रममा सबैलाई उपस्थितिका लागि अनुरोध गरिएको छ । प्रत्येक वर्ष यस्तै कार्यक्रम गर्दै आइरहेको समाजका सचिव पुष्कर बहादुर खड्काले  बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *