नेपालगन्ज : राप्रपा नेपालबाट नेपालगन्ज उपमहानगरपालिका वडा नं ५ का निर्वाचित वडा सदस्य अन्जुमन वानाेअन्सारी सहित नेपाली काङ्ग्रेस ,नेकपा एमाले ,राप्रपा , जसपा पार्टी परित्याग गरि ८० जना नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रमा प्रबेश गरेका छन।

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले नजिकिँदै गरेको स्थानीय तहको चुनाबलाई मध्यनजर गर्दै नेपालगन्ज उपमहानगरपालिका नगर कमिटीले घर दैलाे , संगठन बिस्तार, संगठन सुदृढीकरण लगाएतका अभियानलाई तिब्रता दिएको छ ।

नेपालगन्ज उपमहानगरपालिका नगर कमिटीले आयोजना गरेकोे पार्टी प्रबेश कार्यक्रममा नेकपा माओवादी केन्द्रका प्रदेस स्तरीय नेता, जिल्ला तथा नगरका नेता तथा कार्यकर्ताकाे उपस्थिति रहेको थियोे ।
