प्रेस सेन्टर नेपाल, डुडुवा गाउँपालिकाको अध्यक्षमा: गिरी

स्थानीय तह


नेपालगन्ज : नेकपा माओवादी केन्द्र निकट रहेको प्रेस सेन्टर नेपाल को प्रथम ऐतिहासिक डुडुवा गाउँपालिका को सम्मेलनबाट कालू गिरीको नेतृत्वमा  १९ जनाको पालिका स्तरीय  कमिटी गठन गरिएको छ ।

प्रेस सेन्टर बाँके का अध्यक्ष डक्ट प्रसाद धितालको अध्यक्षतामा भएको सम्मेलनमा प्रमुख अतिथि  संगठनका केन्द्रीय सदस्य सुशील लामिछाने,  संगठनका पालिका  ईन्चार्ज आलम खान, नेकपा माओवादी केन्द्र डुडुवा गाउँपालिका अध्यक्ष भोला यादव, सचिव प्रेमा शाही आदिवासी जनजाति पत्रकार महासंघ का प्रदेश अध्यक्ष गजेन्द्र गुरुङ  लगायतको उपस्थिति रहेको थियो ।

निर्वाचित सम्पूर्णलाई सम्मान गरे पश्चात सो कार्यक्रमको अन्त्यमा विभिन्न विषयमा छलफल र निर्णय गरिएको अध्यक्ष गिरीले जानकारी गर्नु भएको छ ।
उक्त कार्यसमितिको अध्यक्षमा: कालु गिरी , उपाध्यक्षमा:-दिपिसिखा दाहल बिष्ट ,सचिव:-मनिषा परियार, सहसचिव: अम्मर बुढाथोकी, कोषाध्यक्ष:- रहिस अलिशेष, सदस्य:- इसाक अलि शेष , सदस्य:- अमानत अलि शेष , सदस्य : नन्दा शाही , सदस्य : मदन हमाल,  सदस्य : भिकु बरही, सदस्य : रतन चलाउने र बाकी ८ जनालाई पछि मनोनीत गर्नेगरी १९ जनाको कार्यसमिति गठन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *