एमसीसीको विरोधमा नेपालगन्जमा वाइसीएल र अनेरास्ववियू क्रान्तिकारी लगायतको विरोध प्रदर्शन

मुख्य खबर लुम्बिनी प्रदेश बिशेष स्थानीय तह



नेपालगञ्ज:  एमसीसी पास नगर्न खबरदारी गर्न माओवादी केन्द्र निकट जनवर्गीय संगठनहरु वाइसीएल बाँके र अनेरास्ववियू क्रान्तिकारी, अनेमसंघ क्रान्तिकारी, अखिल नेपाल सुकुम्वासीसंग लगाएतले शुक्रवार पनि नेपालगञ्ज र कोहलपुरमा खवरदारी गर्दै विरोध प्रदर्शन गरेका छन ।

नेपालगञ्जस्थित माओवादी केन्द्रको पार्टी कार्यालयबाट विभिन्न नराराहरु लगाउँदै शुरु भएको विरोध जुलुसले त्रिवेणी मोड, त्रिभुवनचोक, वि-पी चोक हुँदै धम्बोझी चोकमा पुगेर विरोधसभामा परिणत भएको थियो । सो विरोध प्रदर्शनमा एमसीसी खारेज गर, एमसीसी चाहिंदैन, यो राष्टघाती हो, आदेश देउ प्रचण्ड हामी मर्न तयार छौं  जस्ता नाराहरु लगाउँदै बलजफ्ती जनतामाथि लाद्ने कार्य गरिए कडा आन्दोलनको चेतावनी समेत प्रदर्शनकारीहरुले दिएका थिए ।


विरोधसभालाई सम्बोधन गर्दै वाईसीएलका केन्द्रिय संयोजक सुमन देवकोटाले कुनैपनि हालतमा राष्टघाती एमसीसी नेपालमा लागु गर्न नदिने बताउनुभयो । उहाँले यो रोक्न जस्तो सुकै आन्दोलन गर्नु परेपनि वाईसीएल पछि नपर्ने बताउनुभयो । एमसीसीले देशमा को राष्टवादी र को राष्ट विरोधी हो भन्ने कुरा पनि छुट्याउने उहाँले बताउनुभयो ।
सोही सभालाई विद्यार्थि नेता तुलसीमणि केसीले पनि सम्बोधन गर्दै देशका सबै विद्यार्थीहरु एमसीसीको विरोधमा रहेकोले कसैले पनि लागु गर्न नसक्ने दावी गर्नुभयो ।
सोही प्रकारले माओवादी केन्द्रको पार्टी कार्यालय सहिद स्मृती भवन कोहलपुरबाट सुरु भएको विरोध जुलुसले नगरको परिक्रमा गरी न्युरोड चोकमा आएर सभामा परिणत भएको थियो । विरोध सभालाई सम्बोधन गर्दै माओवादी केन्द्रका नेता एंव कोहलपुरका अगुवा व्यवासायी बलराम काफ्लेले पैसासंग राष्ट्रियता साट्न नसकिने बताउनुभयो । उहाँले कुनैपनि हालतमा राष्ट्रघाती सम्झोता पारित हुन नदिने प्रष्ट पार्नुभयो ।
माओवादी केन्द्रका युवा नेता नरेन्द्र न्यौपाने नेतृत्वमा भएको प्रदर्शन तथा सभालाई बिद्यार्थी नेता राजेन्द्र बिष्ट, वाईसीएल नेतृ गिता शाही लगाएतले सम्बोधन गरेका थिए । एमसीसी पास गर्नेहरु बिरुद्ध जस्तो सुकै आन्दोलन गर्न आफुहरु तयार रहेको उनीहरुको भनाई थियो ।
राष्टघाती एमसीसी खारेज नगरेसम्म आन्दोलन निरन्तर जारी रहने नेपालगञ्ज र कोहलपुरका विरोधसभाहरुमा जनाईएको थियो । आजै विप्लव नेकपा  क्रान्तिकारीमाओवादी लगायतका  पार्टीहरुको पनि विरोध सभा नेपालगन्जमा भएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *