नेपालगन्ज : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले नजिकिँदै गरेको स्थानीय तहको चुनाबलाई मध्यनजर गर्दै संगठन बनाउने कामलाई तिब्रता दिएको छ ।
आज नेपालगन्ज उपमहानगरपालिका वडा नं २० अन्तर्गत माईगाउमा नेपाल कम्युनिष्ट पार्टीको टोल कमिटी गठन गरिएको छ जसको अध्यक्षमा कमरेड हरि शंकर बाउन, उपाध्यक्षमा कमरेड सिपाइ खान, सचिवमा कमरेड देविसरा बडुवाल लगायतका १३ सदस्यीय टोल कमिटी गठन गरिएको छ ।

उक्त टोल कमिटी कार्यक्रमको अध्यक्षता वडा नं २० का अध्यक्ष कमरेड धर्मराज छत्यालले गर्नु भएको थियो भने प्रमुख अतिथिमा मुस्लिम मुक्ति मोर्चाका केन्द्रिय अध्यक्ष तथा पार्टीका नेता क.अतहर हुसेन फारुकिले गर्नुभएको थियो त्यसैगरी बिशेष अतिथिमा लुम्बिनी प्रदेश कमिटी सदस्य एवम जुझारु युवा नेता क.नवीन शर्मा लगायतका रहनुभएको थियो।
