नेपालगन्ज : जि.भि.एन. मा.वि. नेपालगन्जको ‘जिभिएन डान्सिङ एण्ड सिङगिङ क्लब’ले शुक्रवार तीज पर्वको अवसरमा नृत्य प्रतियोगिता आयोजना सम्पन्न भएको छ । उक्त प्रतियोगितामा उत्कृष्टहरुलाई नगद पुरस्कार वितरण गरिएको छ ।

प्रतियोगितामा नैना घिमिरे,सुदिक्षा ज्ञवाली, संगम अधिकारी दिपा डाँगी, रेवा बस्नेत, मनिषा सिग्देलको समूह प्रथम भएको छ । त्यसैगरी नविना कँडेल, सुनिता बुढाथोकी, चाँदनी ओली, अविषा कार्की, भावना बिकको समूह द्धितीय भएको छ भने त्यसैगरी भुमिका रोकामगर, रितिका थापामगर, सुश्मिता थापामगर, अन्जली बर्माको समूह तृतीय भएको छ ।

प्रथम स्थान हासिल गर्नेलाई १० हजार, दोस्रोलाई ७ हजार र तेस्रोलाई ५ हजार नगद प्रदान गरिएको थियो । कार्यक्रमको अध्यक्षता क्लबकी अध्यक्ष प्रकृती बोगटी थिइन भने प्रमुख अतिथिमा विद्यालयका प्रमुख कार्यकारी अधिकृत गणेश भण्डारी रहेका थिए । बिशिष्ट अतिथी तथा निर्णायकमा मोडेल निशु शेर्पाली रहेकाे कार्यक्रममा उपस्थित सबैलाई स्वागत मन्तव्य विद्यालयका इन्चार्ज केपी घिमिरेले राखेको कलेजका इन्चार्ज खुमलाल शर्माले जानकारी दिए ।


