नेपालगन्ज : सामाजिक क्षेत्रमा अग्रणी स्थानमा रहेको लायन्स क्लब अफ नेपालगन्ज एभरेस्टद्वारा आज बृद्धअबश्थामा रहेकाहरुलाई नेपालगन्ज उपमहानगरपालिका वडा नं १७ को थोकेलामा २५ जना बढीलाई न्यानो कपडा वितरण गरेको छ ।
क्लब कि अध्यक्ष लायन सुमन गिरीको अध्यक्षतामा न्यानो कपडा वितरण कार्यक्रममा लायन एम जि एफ मुकुट ढकाल, लायन्स डिस्ट्रिक चिप सन्तोष पौडेल, लायन्स क्लब अफ नेपालगन्ज एभरेस्ट पुर्व अध्यक्ष लायन केपी घिमिरे, लायन्स क्लब अफ एभरेस्टका पदाधिकारी लगायतको उपस्थितिमा न्यानो कपडा वितरण गरिएको लायन्स क्लब अफ नेपालगन्ज एभरेस्टकी सचिव खेमा भण्डारीले बताउनुभयो ।
जाडो मौसमको बेलामा बृद्धअबश्था रहेका बुबा,आमाहरुलाई न्यानो कपडा वितरण गर्न पाएकोमा खुसी व्यक्त गर्दै लायन मुकुट ढकालले व्यवस्थापन गरेको क्लबलाई धन्यवाद दिनुभएको थियोे ।
उक्त कार्यक्रममा लायन्स क्लब अफ नेपालगन्ज एभरेस्टमा नयाँ सदस्य खुश्बु श्रीवास्तवलाई खादा ओढाएर सम्मान गरिएको क्लब कि अध्यक्ष सुमन गिरीले बताउनुभयो । उक्त कार्यक्रममा लायन पुष्पा सुवेदी, लायन दिर्घराज आचार्य, लायन सृष्टि श्रेष्ठ, लायन कृष्ण बहादुर बुढा लगायतको उपस्थिति रहेको थियोे ।