नेपालगन्ज : नेपालगञ्जका ईस्लाम धर्मावलम्बीहरुले शनिबार ईदगाहमा सामुहिक नमाज पढ्दै यस वर्षको ईदुल फित्र पर्व धुमधामका साथ मनाएका छन् ।
शनिबार बिहान सुर्खेत रोड स्थित ईदगाहमा हजारौं ईस्लाम धर्मावलम्बीहरु जम्मा भई देशमा अमनचयन र शान्तिको कामना गर्दै पर्व मनाएको ईस्लामीक धर्मगुरुहरुले बताएका छन् ।

अरबी पात्रो अनुसार रमजान नवौं महिना हो । नवौं महिनामा एक महिना भरी रोजा बसी दशौं महिनाको पहिलो दिन ईद मनाउने परम्परा छ । रमजान सकिएको खुशियालीमा ईदगाहमा जम्मा भएर सामुहिक रुपमा प्रार्थना गरेपछि एकआपसमा शुभकामना साटा साट गरि आफन्तजन लाई घरमा बोलाएर मिठो मिठो खानेकुरा खुवाउने चलन रहेको छ ।
यस रामजान महिनामा धनीवर्गले गरीबहरुलाई आर्थिक, खाद्यान्न, लत्ताकपडा लगायत सहयोग , दान दिने प्रचलन रही आएको छ ।

