माओवादी केन्द्रको अध्यक्षमा प्रचण्ड निर्विरोध, अरु पदाधिकारी चयन हुन बाकी

मुख्य खबर


नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र)को अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन भएका छन् । माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कमिटीको सोमबार बसेको बैठकले प्रचण्डलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो । अन्य पदाधिकारी भने पछि  चयन गरिने भएको छ । केन्द्रीय कमिटीको अर्को बैठक पुस २५ गते बस्ने छ ।

अध्यक्षमा निर्वाचित भएपछि केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘देश र जनताको सेवा गर्ने मेरो लागि अन्तिम अवसर र चुनौती भएको बताए । आज यो जिम्मेवारी बहन गर्दै गर्दा गहन बहस उठाउँदै क्रान्तिकारी बाटोबाट जनताको सेवा गर्ने अन्तिम अवसर र चुनौतीको रुपमा लिएको छु। उनले भने,

उनले राजनीतिक स्थिरताको लागि केही समय अझै दु:ख गर्नुपर्ने बाध्यता रहेको बताए । उनले भने, ‘देशको अवस्था र पार्टी रुपान्तरणको आवश्यकतालाई हेर्दा, राजनीति स्थिरता र पार्टीलाई सृुदृण बनाउनको लागि पार्टीमा दु:ख गरेर सक्रिय हुनुपर्ने बाध्यता छ ।’

कतिपयले ‘प्रचण्ड नभए यो पार्टी के होला ?’ भन्ने प्रश्न गर्ने गरेको उल्लेख गर्दै उनले यो प्रश्न नै गलत रहेको बताए । माओवादी एउटा विचार रहेको र यो विचार कुनै व्यक्तिसँग नभई सिंगो कम्युनिस्ट आन्दोलनको इतिहाससँग जोडिएको उनको भनाइ थियो ।

आफूलाई अध्यक्षमा प्रस्ताव गर्ने, समर्थन गर्ने र सर्वसम्मत स्वीकार गर्ने केन्द्रीय कमिटी सदस्यलाई धन्यवाद  दिएका थिए  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *