मधुवन नगरपालिकालाई दुई वर्षभित्र बालविवाहमुक्त बनाउने सामुहिक प्रतिवद्धता

लुम्बिनी प्रदेश बिशेष

बर्दिया जिल्लाको मधुवन नगरपालिकालाई दुई वर्षभित्र बालविवाहमुक्त नगरपालिका बनाउने प्रतिवद्धता सबै सरोकारवालाहरुले गरेका छन् ।
प्लान इन्टरनेसनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको बाल संरक्षण परियोजना अन्तर्गत संस्थाद्धारा नगरपालिकाको समन्वयमा आयोजना गरिएको तीन दिने बालविवाहमुक्त अभियान सञ्चालन निर्देशिका निर्माण कार्यशालामा सो प्रतिवद्धता व्यक्त गरिएको हो ।
मधुवन नगरपालिकाका मेयर गणेश बहादुर क्षेत्रीको अध्यक्षतामा आयोजना गरिएको सो कार्यशालामा उक्त पालिकालाई बालविवाहमुक्त घोषणा गर्नका लागि निर्देशिका निर्माण गर्ने उदेश्यले पालिकाभित्र बालविवाहको अवस्था, चुनौती र घोषणा गर्नका लागि चाहिने आवश्यक मापदण्ड र सुचकहरुबारे व्यापक छलफल गरिएको थियो ।
कार्यशालामा मेयर क्षेत्रीले पालिकालाई विक्रम संवत २०८० साल भित्र बालविवाहमुक्त घोषणा गर्ने जनाउँदै सो का लागि सबैले संयुक्त रुपमा काम गर्ने बताउनुभयो ।
सो कार्यशालामा नगरपालिकाका उपप्रमुख शुबरानी थारु, प्रमुख प्रशासकीय अधिकृत ओमकार शाह, ९ वटै वडाका वडा अध्यक्षहरु, महिला तथा बालबालिका शाखा प्रमुख इन्द्रा चुनारा, शिक्षा शाखा प्रमुख नारायण खनाल, प्रहरी प्रतिनिधि लगायत सबैले बालविवाहमुक्त घोषणा गर्ने सामुहिक प्रतिवद्धता जनाएका थिए ।
उक्त पालिकाले क्लबको सहयोगमा बाल संरक्षण निति, कार्यविधि, बाल विवाह विरुद्ध रणनैतिक योजना तयार गरि कार्यान्वयन समेत गरिरहेको बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।
सो कार्यशालामा सहभागि सबै सरोकारवालाहरुले पालिकालाई बालविवाहमुक्त घोषणा गर्न आफुहरुले दिनरात प्रयास र कार्य गर्ने समेत बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *