नेपालगन्ज : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज बाँकेको छैठौं जिल्ला अधिबेशन सम्पन्न भएको छ । अधिबेशनबाट अध्यक्षमा सहित १३ सदस्यीय कार्यसमिति सर्वसम्मतिले गठन गरिएको छ ।
नेपाल पत्रकार महासंघ बाँकेको सभाहलमा भएको जिल्ला अधिबेशनको अध्यक्षता निवर्तमान अध्यक्ष समिरमान श्रेष्ठ, प्रमुख अतिथिमा फोनिजका लुम्बिनी प्रदेशका महासचिव गजेन्द्र गुरुङ, बिशिस्ट अतिथिमा खजुरा गाउँपालिका उप प्रमुख यकमाया बि-क, अतिथिहरुमा नेवापुजका बाँके अध्यक्ष कृष्णमान श्रेष्ठ, पत्रकार महासंघ बाकेकी उपसभापति करुणा शाह, पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य अारिफ अन्सारी लगायतको उपस्थिति रहेको थियोे ।

नव निर्वाचित अध्यक्षमा भगत सिंह थारु, उपाध्यक्षमा सोम गुरुङ, सचिवमा लक्ष्मी थारु, सहसचिवमा सुमन श्रेष्ठ, कोषाध्यक्षमा दिपक कुमार राई सदस्यहरुमा अशोक थापा, सुविता थारु, रुपा चौधरी, सुष्मा श्रेष्ठ, मस्तिराम चौधरी लगायत १३ सदस्यीय कार्यसमिति सर्वसम्मतिले चयन गरिएको निर्वाचन मण्डलका संयोजक पुर्णलाल चुकेले बताउनुभयो ।

