माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिकाको अध्यक्षमा: शाही

नेपालगंज बिशेष स्थानीय तह

बाँके : नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका को दोस्रो ऐतिहासिक नगर सम्मेलन सम्पन्न भएको छ ।

सम्मेलनले उपमहानगरपालिकाको अध्यक्षमा रतन शाहीलाई निर्वाचित गरेको छ । आज भएको सम्मेलनबाट शाहीसहित ८१ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्विरोध निर्वाचित भएको माओवादी लुम्बिनी प्रदेश सदस्य तथा नेपालगन्ज उपमहानगरपालिका इन्चार्ज अक्कल बहादुर बमले जानकारी दिनुभयो ।

समितिको उपाध्यक्षमा गोपाल पुन, ताराप्रसाद खत्री (प्रमेश) र वसन्त मल्ल, सचिवमा प्रेमबहादुर शाह, सह-सचिवमा नन्दलाल वैश्य र कोषाध्यक्षमा कश्मिरा खातुन निर्वाचित भएका छन ।

नवनिर्वाचित कार्यसमितिलाई प्रमुख अतिथि माओवादी केन्द्र केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश सह-इन्चार्ज हकिउल्लाह खाँ ले सपथ खुवाउनु भएको हो  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *