रोटरी क्लब अफ सेन्ट्रल बाँकेको पदस्थापन र सहयाेग कार्यक्रम

नेपालगंज बिशेष

गगन पौडेल
नेपालगन्ज – वर्ष २०२०/२१ काे कार्यसमितिकाे अघिल्लाे बैठकले वर्ष २०२१/२२ का लागि नयाँ जिम्मेवारी प्रदान गर्ने सर्वसम्मत निर्णय गरे बमाेजिम आज राेटरी क्लब अफ् सेन्ट्रल बाँकेले एक ओैपचारिक समाराेहका बिच पदस्थापन कार्यक्रम सम्पन्न गरेकाे छ ।
क्लबका प्रेसिडेण्ट राेटरियन डा. कुमार सान शाहकाे अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम महासचिव राेटरियन लुना बुढाथाेकीले संचालन गर्नुभएकाे थियाे ।
सिनियर राेटरियन दिनेश जाेशीकाे प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा क्लबका नाेमेनि प्रेसिडेण्ट राेटरियन सिए बिश्वराम भण्डारीले स्वागत मन्तव्य राख्नुभएकाे थियाे । राेटरियन टेक बहादुर पुनले धन्यबाद मन्तव्य राख्नुभएकाे कार्यक्रममा प्रमुख अथितिले वर्ष २०२१/२२ का नव पदाधिकारीहरुलाइ खादाले सम्मान गर्दै धन्यबाद ज्ञापन गर्नुभएकाे साे क्लबका उपाध्यक्ष राेटरियन दिला शाहले बताउनुभयाे ।
पदस्थापन कार्यक्रम पश्चात् राेटरी क्लब अफ् पाेखरा र राेटरी क्लब अफ् धनगढीबाट सहयाेग प्राप्त ३ थान अक्सिजन कन्सर्नट्रेटर काेभिड – १९ काे महामारीले निम्त्याएकाे असहज परिस्थितिमा दुर दराजका जनताले थाेरै भएपनि सुविधा पाउन भन्ने उदेश्यले ३ वटा स्थानिय तह अन्तरगतका स्वास्थ्य सेवा कार्यालयलाई हस्तान्तरण गरिएकाे छ ।
साे सामाग्री  कन्सर्नट्रेटर प्राप्त गर्नेहरुमा स्वास्थ्य चाैकी नरैनापुर (बाँके) स्वास्थ्य चाैकी राकम कर्णाली (दैलेख) र स्वास्थ्य चाैकी दल्ली (जाजरकाेट) हुन् । साे कन्सर्नट्रेटर ग्रहण गर्न आउनुभएका प्रतिनिधिहरुलाई प्रेसिडेण्ट डा. शाहले यसकाे उचित प्रयाेग र सबैले समान सेवा प्राप्त गर्न पाउने अपेक्षा व्यक्त गर्दै अनुराेध पनि गर्नुभएकाे थियाे ।
सामाजिक सेवालाई नै मुल मर्म मान्ने राेटरी क्लब अफ् सेन्ट्रल बाँकेले समय समयमा उत्कृष्ट सामाजिक कार्यहरु गर्दै आईरहेकाे प्रेसिडेण्ट डा. शाहले बताउनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *