नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी भदौ २ गते हुन लागेको निर्वाचनका लागि समावेशी उद्योगी व्यवसायीहरुको तर्फबाट अध्यक्ष पदमा टंक बहादुर धामीको नेतृत्वमा आफ्ना उम्मेदवार घोषणा गरेको छ । आज बिहीबार नेपालगन्जको सिद्धार्थ कटेजमा समावेशी प्यानलले उम्मेदवार घोषणा गरेको हो ।
नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनका लागि समावेशी समुहको तर्फबाट टंक बहादुर धामीको अध्यक्षतामा २१ सदस्यीय प्यानलका सबै उम्मेदवारहरुको व्यक्तिगत परिचय दिदै उम्मेदवारी घोषणा गरिएको हो ।

सयौंको संख्यामा उपस्थित उद्योगी व्यावसायीहरुका बीच घोषणा गरिएको उक्त प्यानलमा उपाध्यक्ष पदमा चिरञ्जीवी वली (उद्योग ), हरिलाल न्यौपाने (वाणिज्य ) र मन्दिरा पाण्डे (महिला) उपाध्यक्षका उम्मेदवारका रुपमा घोषणा गरिएको छ त्यसैगरी संघको महासचिवका लागि भीम बहादुर रानाभाट, उप-महासचिव पदका लागि मदनराज शर्मा र कोषाध्यक्ष पदमा सलाउद्दिन जसगढको नाम घोषणा गरिएको हो ।
त्यसैगरी संघको सदस्यहरु क्रमश इन्दिरा कुमारी शाही, तोप बहादुर थापा, बिष्णु श्रेष्ठ, बुद्धि बहादुर दियाली, सुदन के.सी., शिवराज वर्मा, धर्मेन्द्र सिंह ठटेर, जमालुदिन अन्सारी, टीकामणि उपाध्याय, डम्बर चन्दको नाम घोषणा गरिएको हो ।
यसैगरी एशोसियट सदस्यमा कमल कार्की, राजीव तलङ्गा, बस्तुगत तर्फ फणाधर भण्डारी, रंगबहादुर खड्कालाई उक्त समुहले मैदानमा उतारेको छ । समावेशी प्यानलका संयोजक इश्वर पोखरेलको अध्यक्षतामा आयोजित घोषणा सभामा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाइज मन्सुरी, निर्वतमान अध्यक्ष नन्दलाल बैश्य , पुर्व अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ , पार्टीका नेताहरु, जनप्रतिनिधी, उद्योगी, व्यवसायी, पत्रकार, शुभेच्छुक लगायतको बाक्लो उपस्थिति रहेको थियोे ।


