निन्जा इन्फोसिस प्रा-लि-ले दोस्रो वार्षिकोत्सब समारोहबीच गर्यो नयाँ दुईवटा कार्यक्रम लन्च

मुख्य खबर

नेपालगन्ज : डिजिटल नेपालको परिकल्पनाका साथ वि.स. २०७४ कार्तिक १४ गते अर्थात आजैका दिन स्थापना गरिएको निन्जा इन्फोसिसले सफ्टवेयर निर्माण, विक्रि वितरण, अफिस व्यवस्थापन प्रणाली जस्ता निर्माण गर्ने कार्य गर्दै आएको निन्जा इन्फोसिसले आज थप नयाँ दुईवटा कार्यक्रम लन्च गरेको छ ।

दोस्रो वार्षिकोत्सब सभाका प्रमुख अतिथि नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवी वलीले शुभकामना मन्तव्यमा बोल्दै राजनीति तथा व्यवसायमा युवाहरु जाग्नुपर्ने बेला आएको बताउनुभएको छ । आज नेपालगन्जमा निन्जा ईन्फोसिस प्रा.लि.को तेश्रो वर्षमा प्रवेशको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै वलीले देशको विकास गर्न र अहिलेको डिजिटल युगलाई साकार रुप दिन युवाहरु जुटनुपर्ने बेला आएको बताउनुभयो ।

वार्षिकोत्सव कार्यक्रममा संस्थालाई साथ र सहयोग पुर्‍याउने विभिन्न व्यक्ति तथा संघसंस्थाहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा संस्थाका मार्केटिङ म्यानेजर सागर देवकोटाले स्वागत मन्तव्य राख्नु भएको थियोे भने कार्यक्रम सञ्चालन पत्रकार ज्ञानु खड्का संगमले चलाउनु भएको थियो। कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्ति, बुद्धिजीवी, पत्रकार लगायतको उपस्थिति रहको थियो ।

आजै निन्जा इन्फोसिस प्रा. ली.द्वारा संचालित ehostninja.com / textnepal.com लन्च गरिएको छ ।
नेपालगन्जबाट मध्य तथा सुदुरपश्चिम क्षेत्रमै पहिलो पटक होस्टिंग सेवा र बल्क एसएमएसको रिसेलिङ सेवा समेत सुरुवात गरिएको संस्थाका प्रवन्ध सञ्चालक रमेश क्षेत्रीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *