नेपालगन्ज मेडिकल कलेजमा रहेका कर्मचारी युनियनद्वारा गरे शुभकामना आदानप्रदान कार्यक्रम

नेपालगंज बिशेष

नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेजमा रहेका क्रियाशील युनियनहरुद्वारा आज संयुक्तरूपमा दिपावली, छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम गरेका छन् ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा रहेको लेक्चर हलमा भएको कार्यक्रममा पूर्व सभापति अब्दुल हुसेन खान, कर्मचारी संगठनका केन्द्रीय सभापति कुश्माखर बस्याल, महासचिव रत्ना गिरी, कर्मचारी संघका केन्द्रीय सभापति यम बहादुर खड्का, बरिस्ठ उपसभापति पुरन सिंह ठकुरी, डा- पंकज कुमार गुप्ता, त्यसैगरी नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका अध्यक्ष मुनिर खान, सचिव अनिता थापा लगायतका नेताहरूको उपस्थितिमा कार्यक्रम भएको कार्यक्रममा अध्यक्षता गर्नु भएको कर्मचारी संगठनका बरिस्ठ उपसभापति मुस्लिम खानले बताए ।

सयौंको सङ्ख्यामा उपस्थिति कर्मचारीहरुले एकआपसमा शुभकामना आदानप्रदान गर्नुका साथै बोल्ने वक्ताहरूले भर्खरै अस्पतालमा भएको आन्दोलन अहिले स्थगित भएको र श्रम, रोजगार तथा सामाजिक सुरक्षा विभाग मन्त्रालयबाट गठन भएको त्रिपक्षीय मध्यस्थता टीमको निर्णय छिटोभन्दा छिटो आउने भन्दै चित्तबुझ्दो निर्णय नआएपछि आन्दोलन गर्न सकिने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *