एजेन्सी- इन्डोनेसियाको राजधानी जकार्ताको बाहिरी इलाकाको एक जेलमा आगलागी हुँदा कम्तीमा ४१ जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन् ।
टेंगरेंग जेलमा यो दुर्घटना बुधबार बिहान १ देखि दुई बजेबीच भएको बताइएको छ । त्यतिबेला धेरैजसो कैदी सुतिरहेका थिए ।
जेलको ब्लक सीमामा आगो लागेको थियो जसमा १२२ कैदी राखिएका थिए जबकी यसको क्षमता ४० जनाको मात्रै थियो स्रोतले बताएको छ।
त्यहाँका कैदीहरु लागुऔषधसँग सम्बन्धित मामिलाका कारण बन्द थिए । यो दुर्घटना दर्जनौं घाइतेसमेत भएका छन् । उनीहरुलाई आइसीयूमा भर्ना गरिएको छ ।

जेलकी प्रवक्ता रिका अप्रियान्टीले आगलागीको कारणबारे पत्ता लगाउन अनुसन्धान थालिएको जानकारी दिएकी छिन् ।
