वाइसीएल नेपाल राप्ती सोनारी गाउँपालिकाको अध्यक्षमा: गिरी

लुम्बिनी प्रदेश बिशेष स्थानीय तह


नेपालगन्ज – योङ्ग कम्युनिस्ट लिग (वाइसीएल) नेपाल राप्ती सोनारी  गाउँपालिकाको प्रथम सम्मेलनबाट अध्यक्षमा सुनिल गिरी निर्वाचित भएका छन् ।


आज भएको सम्मेलनले ३५ सदस्यीय कमिटी गठन गरेको छ ।
उक्त कार्यक्रममा  प्रमुख अतिथी  वाइसीएल नेपालका केन्द्रीय नेता क. रतन बहादुर शाही , विशिष्ट अतिथी नेकपा ( माओवादी केन्द्र ) का केन्द्रीय सदस्य प्रतिनिधि सभा सदस्य महेश्वर गहतराज ( अथक) , नेकपा ( माओबादि केन्द्र ) जिल्ला समनमय समितिका अध्यक्ष , प्रदेश सभा सदस्य इन्द्र प्रसाद खरेल ( आइपी) ,  प्रदेश सभा सदस्य कृष्णा के-सी- ( नमुना) , संविधान सभा सदस्य पट्टु थारु , वाइसिएल नेपाल केन्द्रिय सदस्य मिना चदारा ( मनिषा) , नेकपा (माओवादी केन्द्र) राप्ती सोनारि गाउँपालिका  अध्यक्ष चाम बहादुर घर्ती ( निर्मल), वाइसीएल लुम्बिनी प्रदेश सदस्य तथा बाँके जिल्ला संयोजक आकाश कार्की को अातिथ्यतामा सम्मेलन भब्य रुपमा सम्पन्न भएको छ ।


सम्मेलनबाट निर्वाचित अध्यक्षमा क. सुनिल गिरी , उपाध्यक्षमा क.केशर रोकाया , सचिवमा  क. धनिराम थारु , सहसचिवमा क. खुम राज वलि ,  क. संगिता थारु , क. श्रावण थारु , क. मनसरा चन्द , कोषाध्यक्षमा क. प्रकाश खत्री  क. देबेन्द्र बिढा लगाएत ३५ सदस्यीय कमिटी गठन गरिएको छ । उक्त गाउँपालिकाको इन्चार्जमा सेर बहादुर खड्का सुजललाई जिम्मेवारी दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *