नेपालगन्ज : योगदानमा आधारित सामाजिक सुरक्षा कोष योजनाबाट खबर नेपालगन्ज अनलाइनका सम्पादक तथा अध्यक्ष मृतक रईस शाही मुसलमानको परिवारलाई आजीवन पेन्सन र नीजका दुई सन्तानलाई अध्ययन खर्च मिल्ने भएको छ ।
कोरोनाका कारण नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा कार्यरत रहेका शाहीको जेष्ठ १ गते मृत्युु भएको थियोे । नेपालगन्ज मेडिकल कलेज आफू उक्त योजनामा सुचिकृत भएर आफ्ना कर्मचारीहरुलाई पनि सुचिकृत गराएर २०७७ साउन महिनादेखि नियमितरूपमा रकम जम्मा गर्दै आइरहेको छ।

कोषको नियमानुसार आश्रीत परिवार अर्थात् श्रीमतीलाई योगदान कर्ताको आधारभूत तलवको ६० प्रतिशत पेन्सन बाचुञ्जेल उपलब्ध गराउने र मृतकका छोराछोरीलाई २१ वर्ष उमेर नपुगुञ्जेल सम्म अध्ययन खर्च भनेर ४० प्रतिशत रकम दिने व्यवस्था रहेको छ।
यही साउन ६ गते सामाजिक सुरक्षा कोषको कार्यालय बबरमहलमा कोषका कार्यकारी निर्देशक कपिलमणी ज्ञवाली, कोषकी उप निर्देशक जमुना नेपाल र मृतक शाहीकी श्रीमती जाकरुन निशा शाह मुसलमानले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । नीज हकवाला श्रीमती कुनै नोकरी लागेमा वा अर्को बिबाह गरेमा उक्त पेन्सन कट्टा गरिने कानुनी प्रावधान रहेको छ ।
२०७८ असार महिनादेखि मृतक शाहीको श्रीमतीले प्रति महिना १७७८८ रुपैयाँ आजीवन पेन्सन र छोराछोरीलाई प्रतिमहिना रु ११८५८/- रुपैयाँ अध्ययन खर्च २१ वर्ष नपुगुञ्जेल सम्म पाउनेछन् ।
यस्तो छ कोषको संझौता पत्र

