अखिल क्रान्तिकारीको बाँके जिल्लाको २३ औं जिल्ला अधिबेशनबाट अध्यक्षमा: मर्मजङ्ग बम



नेपालगन्ज : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र निकट संगठन अखिल (क्रान्तीकारी) बाँकेको अध्यक्षमा मर्मजङ्ग बम  निर्वाचित भएका छन् ।


अखिल (क्रान्तिकारी) बाके को २३ औं जिल्ला सम्मेलन २०७८/०५/२८  बन्द सत्रबाट निर्वाचित जिल्ला समिति बाँकेको  अध्यक्षमा सर्वसम्मत चयन   मर्मजङ्ग बम, उपाध्यक्ष इन्दु केसी, प्रकाश ओली र सचिव मा सुनिल बटाला र  सह सचिवमा  महेश सिंह ऐरी ,अमर शाही  ,चरित्र शाही  ,सन्तोष शर्मा र कोषाध्यक्षमा अन्जु चौधरी लगाएत नब निर्वाचित ४६  जना जिल्ला समिति बाँके गठन गरिएको छ ।

अखिल क्रान्तिकारीको २३ औं जिल्ला सम्मेलन पश्चात् आज बसेको पहिलो बैठकबाट अध्यक्षमा मर्मजङ्ग बम, उपाध्यक्षमा प्रकाश वली, इन्दु केसी, सचिवमा सुनिल बटाला,  सहसचिवमा महेश सिंह एरी, मनोज बुढा, चरित्र शाही, सन्तोष उपाध्याय, कोषाध्यक्षमा अनिशा रिजाल लगायतको ४६ सदस्यीय बाँके जिल्ला कार्यसमिति गठन भएको छ ।

अखिल क्रान्तिकारी बाँकेमा पनि समानान्तर कमिटी गठन गरिएको देखिएको छ , हिजो महेश बस्नेत अध्यक्ष भएको ५१ सदस्यीय गठन गरिएको थियोे तर उक्त कमिटी कै अधिकांश पदाधिकारीहरु मर्मजङ्ग ठकुरी अध्यक्ष भएको कार्यसमितिमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *