अखिल क्रान्तिकारीको बाँके जिल्ला अध्यक्षमा: महेश बस्नेत

नेपालगंज बिशेष शिक्षा

नेपालगन्ज : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र निकट संगठन अखिल (क्रान्तीकारी) बाँकेको अध्यक्षमा महेश बस्नेत  निर्वाचित भएका छन् ।

अखिल क्रान्तिकारीको २३ औं जिल्ला सम्मेलन पश्चात् आज बसेको पहिलो बैठकबाट अध्यक्षमा महेश बस्नेत, उपाध्यक्षमा प्रकाश वली, इन्दु केसी, सचिवमा सुनिल बटाला,  सहसचिवमा महेश एरी, मनोज बुढा, चरित्र शाही, सन्तोष उपाध्याय, कोषाध्यक्षमा अनिशा रिजाल लगायतको ५१ सदस्यीय बाँके जिल्ला कार्यसमिति गठन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *