मेयर राणाद्वारा नेपालगन्जमा सञ्चालित लाइफलाइन जनरल हस्पिटल उद्घाटन

नेपालगंज बिशेष स्वास्थ्य/ खेलकुद

लामो समयसम्म स्वास्थ्य सेवामा अनुभवी टीमद्वारा सञ्चालित लाइफलाइन जनरल हस्पीटल प्रा-लि- सञ्चालनमा ल्याइएको छ । नेपालगन्जको सदरलाइनस्थित हस्पीटलको आज नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा- धवल शमशेर राणा, डा- गोपाल श्रेष्ठले शुभारम्भ गर्नु भएको हो ।

शुभारम्भसँगै नेपालगञ्ज उपमहानगरपालिकाको सहकार्यमा हरेक शनिवार निुशल्क स्वास्थ्य जाँच तथा परामर्श सेवा समेत शुरु गरिने भएको छ, उक्त कार्य आजैदेखि सुरु गरिएको डा- पारस श्रेष्ठले जानकारी दिनुभयो । सर्व साधारणका लागि विहान १० वजेदेखि १ वजे सम्म सो सेवा शुरु गरिएको हो ।

फीजीशीयन तथा भेरी अस्पताल डायलासिस विभाग इन्चार्ज डा- पारश श्रेष्ठ, फिजिसियन डा- कृष्टिना श्रेष्ठ, दन्त चिकित्सक डा- प्रतिक श्रेष्ठ लगायतका डाक्टरहरुद्धारा एउटै ठाउँमा फिजीशीयन, दन्त रोग, बाल रोग, छाला, यौन तथा सौन्दर्य, स्त्री रोग, नाक कान घाँटी लगायत रोगहरुको जाँच उपचार सेवा प्रदान गरिने बताइएको छ ।

उक्त उद्घाटन कार्यक्रममा नगर प्रमुख राणाले उपमहानगरपालिकाको सहकार्यमा नीजी अस्पतालले समेत सामाजिक उत्तरदायीत्व वहन गर्नु सुखद भएको र सबैले यस्तो गरेमा सबैको पहुँचमा स्वास्थ्य पुग्ने अपेक्षा राख्नुभएको थियो ।

कार्यक्रममा भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा- प्रकाश थापा, नेपाल रेडक्रसका केन्द्रीय उपाधयक्ष अजीत कुमार शर्मा लगायतले शुभकामना मन्तव्य दिनु भएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *