नेपालगन्ज : सामाजिक सञ्जालमा लेखिएको स्टाटसका विरुद्ध गरिएको मुस्लिम समुदायको विरोधका विरुद्ध ॐकार समाजले आज निकालेको र्यालीले अर्को मोड लिनसक्ने भन्दै बाँके प्रशासनद्वारा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।
दुई पक्षबीच झडप हुने स्थिती सिर्जना भएपछि मंगलबार दिउँसो १ बजे देखि लागू हुने गरी स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यद्वारा हस्ताक्षर गरिएको सूचना अनुसार नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा प्रजिअ आचार्यले तत्कालका लागि नेपालगन्ज उपमहानगर क्षेत्रमा पूर्वमा राप्ती पुल, पश्चिममा खजुराको इन्द्र पुर जाने बाटो , उत्तरमा राझा चोक, दक्षिणमा जमुनाहा सम्म अनिश्चितकालिन कर्फ्यु आदेश जारी गरिएको बताए ।

