नेपालगन्ज : कोभिड महामारीको विषम परिस्थितिमा नेपालगन्जमा नौलो प्रस्तुति २४ सै घण्टा नर्सिङ सेवा घर घरमा भन्ने मूल नारा सहित स्थापना गरेको होलस्टिक होम केयर नेपालगन्जले महामारीको समयमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई सम्मान गरेको छ ।
संस्थाले कोरोनाको दोस्रो लहरमा नेपालगन्ज उपमहानगरपालिका अन्तर्गतका केही वडा बासीहरुलाई घरघरमा गएर स्वास्थ्य सेवा दिन अहोरात्र खटिएका चिकित्सक , उक्त संस्थामा काम गरेका स्वास्थ्यकर्मीहरु मध्ये दुईजना नर्सिङ स्टाफ सन्जु केसी र अास्था परियारलाई बेस्ट अवार्ड तथा स्वास्थ्यकर्मीहरुलाई सम्मान तथा धन्यवाद कार्यक्रम गरेको संस्थाकि अध्यक्ष बसन्ती केसीले बताउनुभयो ।

सम्मानित हुने चिकित्सकहरुमा नेपालगन्ज मेडिकल कलेजमा कार्यरत वरिष्ठ सर्जन डा- रोमन किदुवाई, वरिष्ठ फिजिसियन डा- अासिम किदुवाई, डा- सुभाष योगी, फिसजिसियन डा- शंकर केसी, लगायतका स्वास्थ्यकर्मीहरुलाई सम्मान गरिएको संस्थाकी सचिव सुमन गिरीले बताउनुभयो ।
उक्त सम्मान तथा कोरोनाको नयाँ भेरीएण्टको बारेमा छलफल कार्यक्रममा डा- अासिम किदुवाईले होलस्टिक होम केयरले नेपालगन्जमा कोरोनाको भयावह अवस्थामा समेत राम्रो काम गरेको र उक्त कार्य निरन्तरता दिनुपर्नेमा जोड दिनुभएको थियोे ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख राम बहादुर चन्द, बिशिस्ट अतिथिमा गैर सरकारी महासंघ बाँकेका अध्यक्ष नमस्कार शाह, अतिथिमा नेपालगन्ज उपमहानगरपालिका वडा नं ६ का वडा अध्यक्ष समीर प्रताप शाह, डा- रोमन किदुवाई, डा- अासिम किदुवाई ,डा- सुभाष योगी, डा- प्रकाश नाग, डा- शंकर केसी, नेपालगन्ज मेडिकल कलेजका बरिस्ठ लेखा अधिकृत जयेश जंग शाह, लगायतको उपस्थिति रहेको थियोे ।
