२०० करोड बढी लगानीमा बाँकेमा क्यान्सर अस्पताल सञ्चालन गर्नका लागि तयार छु : प्रसाईं

नेपालगंज बिशेष स्वास्थ्य/ खेलकुद


नेपालगन्ज : म जे गर्छु नेपाल र नेपालीका लागि गर्छु नारा दिएर देशका विभिन्न ठाउँमा पुगेका बि-एण्ड बि- क्यान्सर अस्पतालका सञ्चालक, समाजसेवी दुर्गा प्रसाईले बाँकेको नेपालगन्जमा २०० करोड लगानीमा क्यान्सर अस्पताल सञ्चालन गर्न तयार रहेको बताएका छन् ।

आज स्वतन्त्र युवा संघको आयोजनामा स्थानीय बाटीका होटलमा भएको युवाहरुसितको अन्तरक्रिया कार्यक्रममा उनले सो कुरा बताएका छन् । आफुले यस ठाउँबाट युवा लगायत सम्पूर्ण राजनीति  दल, नागरिक समाज, पत्रकार, स्थानीय सबैको सहयोग मिलेमा  सुविधा सम्पन्न क्यान्सर अस्पताल, बालबालिका सम्बन्धि अस्पताल र प्रसुति गृह बनाउन लगानी गर्ने उनले बताए ।

छिमेकी देश भारतबाट समेत बिरामी आउने गरि, यहाँबाट काठमाडौं र भारतको लखनउ जानू नपर्ने गरि अस्पताल सञ्चालन गर्न सम्भावित फिजिभिलिटी अध्ययन गर्न आफ्नो टीम लागि परेको उनले बताए । राज्यले मेडिकल कलेज सञ्चालनमा ल्याउछु, नीजि क्षेत्रबाट लगानी गर्नेहरुलाई समेत स्वीकृति नदिने, हजारौं हजार युवायुवतीहरुलाई विदेश जानबाट रोक्छु भन्दा नि स्वीकृति नदिई हजारौं नेपालीहरु मेडिकल शिक्षा पढ्न विदेश जानुपर्ने र करोडौं रुपैयाँ विदेशीने उनले बताए ।
आफुले झापामा रहेको आफ्नो क्यान्सर अस्पतालमा १० हजार जना महिलाको निशुल्क स्क्रिनीङ्ग गर्ने, १ हजार जना गरिब दुखीको स्वास्थ्य बीमा गरिदिने बताएका छन् । नेपालगन्जमा पुस महिनादेखि अस्पताल बनाउन सुरु गर्ने समेत उनले बताए । कार्यक्रममा नेपालगन्ज मेडिकल कलेजका प्रवन्ध सञ्चालक डा- सुरेश कुमार कानोडिया, नेकपा एमाले नेपालगन्ज उपमहानगरपालिका नगर कमिटी अध्यक्ष दत्त प्रसाद आचार्य, समाजसेवी मीना ढकाल, समाजसेवी प्रकाश कुवर, साहील अन्सारी, मानवअधिकारकर्मी सुरेश गौतम, हरित अभियन्ता हेमन्त राज काफ्ले, अनेरास्ववियु बाँकेका नेता प्रकाश बि-क- लगायतको उपस्थिति रहेको थियोे ।
कार्यक्रममा बोल्ने अधिकांश वक्ताले प्रसाईले यस क्षेत्रमा लगानी गर्न लागेकोमा खुसी व्यक्त गर्दै यहाँका जनताहरुले सक्दो सहयोग गर्ने बताएका थिए । जिल्ला खेलकुद विकास बाँकेका अध्यक्ष मोहित शाहको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पत्रकार करुणा शाह महारानीले गरेकी थिइन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *