नेकपा एमाले निकट युथ फोर्सको भ्याली कमाण्ड घोषणा भएको छ शनिबार राजधानीमा आयोजित एक कार्यक्रममार्फत एमाले महासचिव ईश्वर पोखरेलले सो संगठनको भ्याली कमाण्ड घोषणा गरेका हुन् ।
पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली कार्यक्रममा उपस्थित हुने भनिए पनि उनको सट्टामा महासचिव पोखरेल कार्यक्रममा उपस्थित भएका हुन् ।
उक्त भ्याली कमाण्ड घोषणा हुनुअघि युथ फोर्सले उपत्यकाका विभिन्न स्थानबाट जुलुसहित प्रदर्शन गरेका थिए । जुलुस माइतीघरमा पुगेर कोणसभामा परिणत भएको थियो । जुलुसको नेतृत्व युवा नेता महेश बस्नेत लगायतले गरेका थिए ।

