नेपाल कम्युनिस्ट पार्टी नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग भेट गरेका छन् ।
नेकपाका विप्लव र नेता खड्गबहादुर विश्वकर्मा ठाकुरलाई भेट्न शनिबार उनको निवासमा पुगेका थिए ।
विप्लवले पछिल्लो हप्ता विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटघाट तिव्र रुपमा गरिरहेका छन् ।

पछिल्लो समयमा उनले प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, डा. बाबुराम भट्टराई, कमल थापा, मोहन वैद्य लगायतका नेताहरुसँग भेटघाट गरिसकेका छन् ।
