सिमावर्ती क्षेत्रका मुस्लिम, मदेशी, दलित महिलाहरुलाई सामाजिक परिचालक तालिम सम्पन्न

लुम्बिनी प्रदेश बिशेष

नेपालगन्ज : बाँकेको डुडुवा गाउँपालिकामा सामाजिक विकास डिभिजन कार्यालयको आयोजना सिमावर्ती क्षेत्रका मुस्लिम, मदेशी, दलित महिलाहरुलाई आर्थिक , सामाजिक सशक्तीकरणका लागि  सामाजिक परिचालक तालिम सम्पन्न भएको छ ।

असार २१ देखि २५ गते पाँच दिन देखि चलेको कार्यक्रम आज सम्पन्न भएको तालिमका सहजकर्ता तोजिन्द्र बहादुर बि-क-ले बताउनुभयो । उक्त समापन कार्यक्रमको अध्यक्षता कार्यलय प्रमुख करन सिह पाल, योजना अधिकृत बाल कृष्ण चौधरी  सहजकर्ता / प्रशिक्षक तोजिन्द्र बहादुर बि क लगायतको उपस्थिति रहेको थियोे । ५ दिने तालिममा सहभागी २५ जना सहभागी रहेको प्रशिक्षक बि-क-ले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *