नेपालगन्ज : नेकपा एमालेको भातृ संगठन अनेमसंघ नेपालगन्ज उपमहानगरपालिका नगर कमिटीको अध्यक्षमा एङ्गिरा रेग्मी चयन हुनु भएको छ ।
नेकपा एमालेको पार्टी कार्यालय पासमङ्गल्यामु मार्गमा पार्टी अध्यक्ष सुर्य ढकालको प्रमुख अतिथिमा आज बसेको पहिलो बैठकबाट अध्यक्षमा रेग्मी, सचिवमा प्रमिला थापा मगर लगायतका पदाधिकारीहरु चयन गरिएको जिल्ला कमिटी सदस्य सुमन गिरीले बताउनुभयो ।

अध्यक्ष रेग्मी नेपालगन्ज मेडिकल कलेजमा नर्सिङ कर्मचारी समेत रहनु भएको, उहाँमा काम गर्ने जोश र उपमहानगरपालिका हाक्न सक्ने क्षमतावान भएको हुदा उहाँको नेतृत्व सफल हुनेमा पुरा विश्वस्त रहेको जिल्ला सदस्य अनिता थापाले बताउनुभयो ।
