उद्योग वाणिज्य संघको निर्वाचनका लागि साझा प्रजातान्त्रिक व्यवसायी समुहको उम्मेदवार घोषणा

नेपालगंज बिशेष लुम्बिनी प्रदेश बिशेष

नेपालगन्ज – नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी भदौ २ गते हुन लागेको निर्वाचनका लागि साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहले आफ्ना उम्मेदवार घोषणा गरेको छ । आज बिहीबार नेपालगन्जको म्याजेस्टिक पार्टी प्यालेसमा साझा प्रजातान्त्रिक समुहले उम्मेदवार घोषणा गरेको हो ।

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनका लागि समुहको तर्फबाट अगुवा व्यवसायी ललितकुमार रौनियारको अध्यक्षतामा १९ सदस्यीय प्यानलका सबै उम्मेदवारहरुको व्यक्तिगत परिचय दिदै उम्मेदवारी घोषणा गरिएको हो । सयौंको संख्यामा उपस्थित उद्योगी व्यावसायीहरुका बीच घोषणा गरिएको उक्त प्यानलमा उपाध्यक्ष पदमा विष्णुप्रसाद श्रेष्ठ (वाणिज्य), मोहम्मद सफिक वेहना (उद्योग) र करिश्मा योगी(महिला) उपाध्यक्षका उम्मेदवारका रुपमा घोषणा गरिएको छ त्यसैगरी संघको महासचिवका लागि टंकप्रसाद शर्मा, उप-महासचिव पदका लागि टेकबहादुर खड्का र कोषाध्यक्ष पदमा मख्खन बहादुर धामीको नाम घोषणा गरिएको हो ।

त्यसैगरी संघको सदस्यहरु क्रमश सुनिल भण्डारी, शिवप्रसाद दाहाल, विवेक कुमार श्रेष्ठ, सन्तोष कुमार पौडेल, युवराज ढकाल, प्रमोद कुमार अग्रबाल, पदम श्रेष्ठ, कैफुल वरा जोलाहा, अतुल कुमार गुप्ता, बलबहादुर बिष्टको नाम घोषणा गरिएको हो ।

यसैगरी एशोसियट सदस्यमा प्रदीपकुमार गुप्ता र पुरुषाेतम अग्रवाललाई उक्त समुहले मैदानमा उतारेको छ । साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समुहको संयोजक संजय थापाको अध्यक्षतामा आयोजित घोषणा सभमा पार्टीका नेताहरु, जनप्रतिनिधी, उद्योगी, व्यवसायी, पत्रकार, शुभेच्छुक लगायतको बाक्लो उपस्थिति रहेको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *