असार मसान्तभित्र सामाजिक सुरक्षा कोषमा आवद्ध हुनेलाई लाभैलाभ, हेर्नुहोस्

अर्थ / बाणिज्य

सामाजिक सुरक्षा कोषले यही असार २०७८ भित्र आवद्ध हुनेलाई लाभ नै लाभ हुने भएकोले छिटो आवद्ध हुन पनि आग्रह गरेको छ । कोषले सोमबार पत्रकार सम्मेलन गरेरै बजारमा कोषमा आवद्ध हुँदा पाइने फाइदाको विषयमा चर्चा नगरी नचाहिने अफवाह फैलाइएको भन्दै त्यसको आलोचना गरेको छ । कोषले सहप्रवक्ता रोहित रेग्मीले भने ‘कोषमा आवद्ध हुँदा खाइपाइ आएको सुविधा घट्छ भनेर हल्ला फैलाइएको रहेछ त्यस्तो होइन ।

सामाजिक सुरक्षा कोषमा आवद्ध हुनु भनेको श्रम ऐन २०७४ को नियम २३ को दफा ५२ देखि ५६ सम्ममा भएको व्यवस्था अनुसार नै श्रमिकले सेवा सुविधा पाउने हो । कोषका निर्देशक रोहित  रेग्मीका अनुसार यस्तो सुविधामा श्रमिकले खाइपाइ आएको सेवा सुविधा घट्दैन भने सामाजिक सुरक्षाले न्युनतम सेवा सुविधा दिनैपर्ने व्यवस्था गरेको हो त्यो भन्दा बढी सेवा सुविधा सम्बन्धित संस्थाले दिए त्यहीँबाट लिन पाइने स्पष्ट व्यवस्था भएको उल्लेख गरे ।

सामाजिक सुरक्षा कोषमा यही असार भित्र आवद्ध हुनेले पेन्सन र उपदान मध्ये योगदानकर्तालाई अनुकुल सुविधा लिन पाउँछन भने साउनदेखि आउनेले भने अनिवार्य पेन्सन योजनामा सहभागि हुनु पर्ने व्यवस्था रहेको बताए । असार भित्र आउनेलाई फाइदै फाइदान रहेकोले तुरुन्तै आवद्ध हुन पनि कोषले पत्रकार सम्मलेनमार्फत आग्रह गरेको हो ।

कोषमा आवद्ध हुनेले ८० प्रतिशतसम्म कर्जा पाउने, औषधिउपचार सेवासहित चाहेकै बेला योगदान गरेको रकम झिक्न सक्छन भने पैसा निकाल्न ६० वर्ष कुर्नैै नपर्ने कोषले जानकारी दिएको छ । कोषमा १५ वर्ष योगदान गरेर बाँकी समय योगदान नगरी ६० वर्ष पुगेपनि पेन्सनमा सहभागि हुन पाउने र आजीवन पेन्सन पाइने तथा पेन्सन लिन सुरु गरेको १५ वर्ष भित्र मृत्यु भएमा आश्रितको परिवारले आजीवन कोषबाट सुविधा पाउँछन् ।

सामाजिक सुरक्षा कोषमा आवद्ध हुँदा कोषको सेवा सुविधाको बारेमा सामूहिक सौदावाजी गर्न नपाइने व्यवस्थालाई गलत व्याख्या गरेर प्रचार गरिएको बुझाई पनि कोषका अधिकारीको छ । कोषमा आवद्ध हुँदा दोहोरो कर नलाग्ने पाँच लाखसम्म कर छुट हुने, कोषमा आवद्ध भएपछि सामाजिक सुरक्षा कर नलाग्ने व्यवस्था छ ।

सामाजिक सुरक्षा कोषमा आउँदा अहिले दिइएको असार मसान्तभित्रको जस्तो समय सधै खुला हुँदैन र सधै खुला भयो भने सामाजिक सुरक्षा कोष नै आवश्यक नहुने तर्क पनि कोषका सहप्रवक्ता रेग्मीको छ । पेन्सन गणना गर्ने बिधि पनि सरकारी कर्मचारीको भन्दा फरक भएको र योगदानकर्ताले पाउने रकम सरकारी भन्दा कम योगदान गरेर सरकारी भन्दा बढी सुविधा पाउँदो दाबी रेग्मीको छ ।

उनले भने ‘सामाजिक सुरक्षाका कर्मचारी नै कोषमा योेगदान गर्न नगएको गुनासो आएको छ । यो विषयमा अर्थ मन्त्रालयको स्वीकृति पाइसकेको र अब मन्त्रिपरिषदको निर्णय आउन मात्रै  आउन बाँकी छ । असारभित्र आए कोषका कर्मचारीलाई पनि अरु सरह पेन्सन सुविधामा नै जान बाध्यकारी हुने छैन तर साउनदेखि भयो भने पेन्सन आकर्षित हुने रेग्मीले बताए । यो व्यवस्था अन्य निजी क्षेत्रलाई जे गरिएको छ कोषका कार्मचारीलाई पनि सोही हुने पनि उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *