गरिबीको सहारा बन्दै युवा संघ नेपाल बैजनाथ गाउँ कमिटी

अर्थ / बाणिज्य


नेपालगन्ज : युवा संघ नेपाल बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रेम बिष्ट,युवा संघ बाँके जिल्ला सदस्य यज्ञ पुन र खगेन्द्र तिरुवाको पहलमा बैजनाथ गाउँपालिका वडा नम्बर ६ डरा गाउँका गिता सुनारको परिवारलाई खाद्यान्न तथा त्रीपाल सहयोग गरेका छन् ।

युवा संघ बैजनाथले बर्षाको कारण चुहिएको छानोलाई तत्कालको लागि त्रीपालले छाउने काम संगै खाद्यान्न सहयोग गरेको हो ।

फुसको छानो भएको घर बर्षाको कारण चुहिने भए पछि समस्या भोग्दै आएका सुनार परिवारको लागि युवा संघ बैजनाथले तत्कालको लागि छानोको रुपमा त्रीपाल लगाइदिएको र आवश्यक खाद्यान्न समेत सहयोग गरेको युवा संघ बैजनाथका अध्यक्ष प्रेम बिष्टले बताए ।

सुनारको एक वृद्ध आमा र ५ छोरा-छोरिहरु रहेका छन् । आर्थिक अवस्था निकै नै कमजोर रहेको सुनारको छानो छाउने मात्रै होईन खाद्यान्न समेत अभाव रहेको थियो, युवा संघ बौजनाथले जुन कार्य गर्‍यो त्यो निकै पुन्यको काम हो , युवा संघ नेपाल बाँकेका सचिव सुनिल रसाइलीले बताए ।

कोरोना कहरको दोस्रो लहरमा उदाहरणीय कार्य गरेको युवा संघ बैजनाथ र युवा संघ बाँकेले सो कार्यलाई कुनै न कुनै रुपले निरन्तरता दिदै आएको छ । कोरोना महामारीको दोस्रो लहरमा उपचार सहयोग देखि शव ब्यवस्थापन खटिएको युवा संघ बैजनाथले एमाले बाँकेले संचालन गरेको खाना अभियानमा पनि सकृय भएर कार्य गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *