नेपालगन्ज : कोरोनाका कारण लामो समयदेखि अध्यापन नभएको महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा कानुन संकायको पढाइ कानुन संकायको अध्यापन अनलाइन विधिबाट हुने भएको छ ।
आज क्याम्पस प्रमुख लालमणि आचार्यले सूचना प्रकाशित गरि कानुन संकाय प्रथम वर्ष र तेस्रो वर्षको अध्ययन अनलाइन विधिबाट गरिने र सोको लागि कानुन संकायका विभागीय प्रमुख लक्ष्मण पराजुली, कानुन संकायका उप प्राध्यापक निरन्जन ज्ञवाली, सह प्राध्यापक गणेश कुमार रेग्मी, आंशिक प्राध्यापकहरु लोक बहादुर शाह, गणेश बहादुर थारु, खड्क बहादुर खड्का विश्वजित तिवारीलाई सम्पर्क गर्न विद्यार्थीहरुलाई जानकारी दिनु भएको छ ।
हेर्नुहोस् सूचना


