सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकम जागिर छोड्न साथ एकमुष्ठ पाउने

मुख्य खबर

योगदानमा आधारित सामाजिक सुरक्षा कोषले नरमतापूर्ण प्रस्तुत हुँदै सबै श्रमिक, कर्मचारी तथा रोजगारदातालाई कोषमा आह्वान हुने आग्रह गरेको छ । कोषले सामाजिक सुरक्षा कोषमा आवद्ध हुनु अनिवार्य भएपनि यसको सुविधा लिने–नलिने स्वेच्छिक विषय भएको बताएको हो ।

कोषले आज एक विज्ञप्ति निकाल्दै असार मसान्त सम्ममा कोषमा नै आवद्ध हुने अन्तिम मिति रहेको बताएको हो । त्यस अवधिसम्ममा कोषमा आवद्ध भए धेरै सुविधा पाइने कोषको जिकिर छ । साउनपछि योगदान प्रारम्भ गरेपनि सुविधा नघट्ने कोषको दाबी छ ।

योगदानकर्ताले आफू सेवा निवृत्त भएका बेला सबै रकम एकमुष्ट निकाल्न मिल्ने व्यवस्था गरिएको कोषले प्रष्ट पारेको छ । यस्तै अरू कोषहरुमा रहेको योगदान कर्ताहरुको  रकम पनि सामाजिक सुरक्षा कोषमा हस्तान्तरण गर्न मिल्ने व्यवस्था रहेको कोषले बताएको छ ।

कोषको लाभ लिन ६० वर्ष नै पर्खनुपर्ने, कोषले रकम फिर्ता दिदैन् , मृत्यु पश्चात् रकम दिदैन  भन्ने जस्ता बुझाइ तथा आरोप निराधार र भ्रम फिजाइएको कोषको भनाइ छ ।

कसलाई के लाभ ? हेरौं कोषको विज्ञप्ति

Leave a Reply

Your email address will not be published. Required fields are marked *