सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकम जागिर छोड्न साथ एकमुष्ठ पाउने


योगदानमा आधारित सामाजिक सुरक्षा कोषले नरमतापूर्ण प्रस्तुत हुँदै सबै श्रमिक, कर्मचारी तथा रोजगारदातालाई कोषमा आह्वान हुने आग्रह गरेको छ । कोषले सामाजिक सुरक्षा कोषमा आवद्ध हुनु अनिवार्य भएपनि यसको सुविधा लिने–नलिने स्वेच्छिक विषय भएको बताएको हो ।

कोषले आज एक विज्ञप्ति निकाल्दै असार मसान्त सम्ममा कोषमा नै आवद्ध हुने अन्तिम मिति रहेको बताएको हो । त्यस अवधिसम्ममा कोषमा आवद्ध भए धेरै सुविधा पाइने कोषको जिकिर छ । साउनपछि योगदान प्रारम्भ गरेपनि सुविधा नघट्ने कोषको दाबी छ ।

योगदानकर्ताले आफू सेवा निवृत्त भएका बेला सबै रकम एकमुष्ट निकाल्न मिल्ने व्यवस्था गरिएको कोषले प्रष्ट पारेको छ । यस्तै अरू कोषहरुमा रहेको योगदान कर्ताहरुको  रकम पनि सामाजिक सुरक्षा कोषमा हस्तान्तरण गर्न मिल्ने व्यवस्था रहेको कोषले बताएको छ ।

कोषको लाभ लिन ६० वर्ष नै पर्खनुपर्ने, कोषले रकम फिर्ता दिदैन् , मृत्यु पश्चात् रकम दिदैन  भन्ने जस्ता बुझाइ तथा आरोप निराधार र भ्रम फिजाइएको कोषको भनाइ छ ।

कसलाई के लाभ ? हेरौं कोषको विज्ञप्ति

Leave a Reply

Your email address will not be published. Required fields are marked *