लागू पदार्थ दुव्र्यसनी , ट्राफिक सचेतना, साइबर क्राइम सम्बन्धि वृत्तचित्र प्रदर्शनी

नेपालगंज बिशेष


नेपालगन्ज : सामुदायिक प्रहरी सेवा केन्द्र बाँकेको आयोजनामा नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ बसपार्कमा लागू पदार्थ दुव्र्यसनी, साइबर क्राइम, ट्राफिक सम्बन्धि जनचेतनामूलक वृत्तचित्र प्रदर्शनी गरिएको छ ।
मंगलबार साँझ ७ बजेदेखि ८:३० बजेसम्म उक्त वृत्तचित्र देखाइएको हो । साथै कार्यक्रममा लागू पदार्थ सम्बन्धि नृत्य पनि देखाइएको हो । पछिल्लो समयमा लागू पदार्थ सम्बन्धि घटनाक्रम बढेको पाइएको हुदा यो अभियान सुरु गरिएको सामुदायिक प्रहरी सेवा केन्द्र तथा लागू पदार्थ दुव्र्यसनी निशुल्क परामर्श केन्द्रका अध्यक्ष दिपेन्द्र कुमार जोशीले बताउनुभयो ।

उक्त कार्यक्रममा मानवता नेपाल बाँकेको टीमले उपस्थित व्यक्तिहरुको ब्लड प्रेसर चेक गरेको थियोे । उक्त कार्यक्रम हप्ताको दुईपटक नेपालगन्जका विभिन्न चोकचोकमा देखाइने जोशीले बताउनुभयो। उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, लागू पदार्थ ब्युरो, मानवता नेपाल बाँके लगायतका संघसंस्थाको सहकार्य रहेको छ भने नेपालगन्ज उपमहानगरपालिका कार्यालयले आर्थिक सहयोग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *