अखिल क्रान्तिकारी महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको संयोजकमा: पुनः जोशी

शिक्षा

नेपालगन्ज : अखिल क्रान्तिकारी  महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको इकाई कमिटी संयोजकमा पुनः ध्रुब जोशी बुलबुललाई  जिम्मेवारी दिइएको  छ ।

महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका संयोजक ध्रुब जोशी बुलबुललाई केही दिन पहिला अर्को आदेश नहुदा सम्म सांगठनिक कारबाही गरिएको भनेर संयोजक पदमा महेश एरीलाई जिम्मेवारी दिएको विज्ञप्ति निकालिएको थियो । 

आज जिल्ला संयोजक सुरेन्द्र जंग शाह जम्बो र अखिल क्रान्तिकारी जिल्ला इन्चार्ज भिम खरेलले एक विज्ञप्ति निकाली जोशीलाई आफ्नो काम कारबाही अगाडि बढाउन भनिएको छ । उक्त विज्ञप्तिमा सम्पूर्ण नेता तथा कार्यकर्ताहरु कति पनि बिचलित नभइ संगठनका काम कारबाही गर्न समेत निर्देशन दिइएको छ ।

हेर्नुहोस् प्रेस विज्ञप्ति

Leave a Reply

Your email address will not be published. Required fields are marked *