बेग्ला बेग्लै स्थानमा करेन्ट लागेर सिराहामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा लहान नगरपालिका—९ गोठटोलका ५० वर्षीय जोगिन्द्र साह र भगवानपुर गाउँपालिका—५ लालपुरका ४५ वर्षीय देवनारायण यादव रहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सोमबार साँझ १२ हजार भोल्टको करेन्ट लागेर गम्भीर घाइते भएका साहलाई उपचारका लागि सप्तऋषि अस्पताल लहान लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

त्यस्तै आफ्नो घरको मिटरको तार जोड्ने क्रममा विधुतीय सर्ट भई करेन्ट लागेर गम्भीर घाइते भएका यादवलाई उपचारका लागि लहानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
