स्ववियु अपडेट: महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा प्रत्यक्षमा हार बेहोर्नुपरेको नेविसंघले समानुपातिकमा उपाध्यक्ष जित्यो

लुम्बिनी प्रदेश बिशेष शिक्षा


नेपालगन्ज : स्वतन्त्र विद्यार्थी युनियनको चुनाबमा महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा चैत ८ गते भएको चुनावमा प्रत्यक्ष तर्फ हार बेहोर्नुपरेको नेविसंघले आज भएको समानुपातिकबाट चुनिएका मध्येबाट उपाध्यक्ष पदमा जित दर्ज गरेको छ ।
प्रत्यक्षबाट विजयी सदस्यहरु र समानुपातिक लिष्टमा नाम भएकाहरुले मतदान गरि उपाध्यक्ष पद र सहसचिव पदमा निर्वाचित गराउनुपर्ने विधान बमोजिम सहमति जुट्न नसकेपछि उपाध्यक्ष पदमा नेविसंघका तर्फबाट जीवन जङ्ग ठकुरीले १२ मत लिएर विजयी भए भने सहसचिवमा अनेरास्ववियुकि कल्पना थापाले पनि १२ मत लिएरै विजयी भएकी छिन् । उनका प्रतिद्वन्द्वी अनेरास्ववियु क्रान्तिकारीका सुनिल बटालाले उपाध्यक्षमा ९ मत र नेविसंघका समीर थारुले सहसचिवमा ९ मत नै पाएका छन् ।
आज नवनिर्वाचित सम्पूर्ण प्रत्यक्ष तथा समानुपातिकबाट विजयी भएकाहरुलाई सपथ खुवाउनुका साथै प्रमाणपत्र पनि वितरण गरिएको छ । निर्वाचन मण्डलको संयोजक ठण्डिराज जमरकट्टेल, सहायक क्याम्पस प्रमुख श्रीधर अधिकारी लगायतले प्रमाणपत्र वितरण गरेका थिए । स्मरण रहोस् उक्त क्याम्पसमा स्ववियु निर्वाचनमा सभापति पदमा अनेरास्ववियुका माधव खत्री र सचिवबमा अखिल क्रान्तिकारीका हरेन्द्र बि.क., कोषाध्यक्षमा भरत बुढथापा लगायतका अन्य सदस्य पदमा विजयी भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *