नेपाली काँग्रेसका सुर्खेत जिल्लाका पूर्व सभापति , पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री तप्त बहादुर विष्टको निधन भएको छ । ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा कोरोना संक्रमणका कारण विष्टको निधन भएको हो ।
उपचारका क्रममा आइतबार विहान ५ बजे विष्टको निधन भएको उनका भाइ दल विष्टले जानकारी दिए । पञ्चपुरी नगरपालिका–११ कुइने मालुझुल घर भएका ६० वर्षीय विष्ट पूर्व संविधान सभा सदस्य थिए ।

२२ वर्षसम्म नेपाली काँग्रेस सुर्खेतको पार्टी सभापति बनेका बिष्ट पूर्व जिल्ला विकास समितिका उपसभापति समेत हुन् । उनी सुर्खेत पश्चिम क्षेत्रका निडर प्रभावशाली नेताका रूपमा स्थापित थिए ।
