नेपालगन्ज – नेपालगन्ज नाका हुदै मानव बेचबिखन देखि लिएर चोरी, तस्करी हुने नाकाको रुपमा मुख्य केन्द्र बिन्दु मानिएको बाँकेको जमुनाहा इलाका प्रहरी कार्यालयको इन्चार्जको कमान्ड सही सन्तोष खनालले पाएका छन् ।
पहिलो लहरको कोरोनाको बेलामा राम्रोसंग कोभिड नियन्त्रणमा खटिएको भनेर जिल्ला प्रहरी कार्यालय बाँकेबाट उत्कृष्ट सहीको रुपमा पुरस्कृत भएका खनाल बाँकेको बैजापुर इलाका कार्यालयमा
इलाका ईन्चाज भएर गतसाल साउन महिना देखि ६ महिना काम गरेका थिए । त्यसपछि बाँकेको बनकट्टीमा केही महिना, कम्दीमा
एक महिना बसेर अहिले जमुनाहा इलाका इन्चार्ज भएका खनाल सामाजिक कार्यमा पनि त्यत्तिकै चासो राख्ने राष्ट्र सेवक हुन् ।

जनताका सेवामा निरन्तर खट्ने खनाल २२ वर्ष अघि देखि सेवा सुरु गरेका थिए । उनले सधैंभरि विवादमा आउने भन्सार तथा सीमावर्ती क्षेत्रमा चोरि तस्करी, मानव बेचबिखनमा सक्रिय भएर खटिने र उक्त अवैध कार्य नियन्त्रण र रोकथाम गर्न कुनै कसुर नराख्ने बताएका छन् ।
