विगत र वर्तमानको राज्यव्यवस्थालाई नियाल्दा

विचार/व्लग

परापूर्व काल देखि आजसम्म आउँदा समय परिवर्तन भयो, तर समय सङ्ग हुने परिवर्तन भएन ।पुर्खाहरुले देश बचाउन विभिन्न सङ्घर्ष  गरे तर त्यो  सङ्घर्ष परिणाम अझै पनि आउन सकेन ।  पुर्खाले आफ्नो भुमि बचाउन बलि दिन तयारी हुन्थे,  पछि पर्दैन थिए । तिनीहरुले गरेको योगदानलाई आजका   राज्य शासक सङ तुलना गर्दा वर्तमान शासकको शासन देख्दा लाज लाग्छ ।आफ्नो सत्ता बचाउन निति नियम परिवर्तन गर्छन् ।अपराधी बचाउन र आफ्नो फाइदाको काम गर्न जुनसुकै अफ्ट्यारो अवस्था पनि सजिलो सङ्ग  पार गर्छन ।

    एसियाको उत्कृष्ट कानुन बनाएर कागजमा नै सिमित हुने भयो ।सत्तामा बस्नेहरूको  र तिनीहरुलाई सहयोग गर्ने कार्यकर्ताको जीवनमा परिवर्तन हुने भयो तर गरीब जनताको जीवनमा परिवर्तन  नहुने भयो ।जनताले भोग्न सम्म दु:ख भोगी सके अझै कति सम्म भोग्ने हुन । राणा शासन ,पन्चायत व्यवस्था ,जन युद्धको घटनाले देशमा विभिन्न परिवर्तन ल्यायो । देशमा राजतन्त्रको अन्त्य त भयो तर देशमा राज गर्ने सयौं  राजाको उत्पत्ति भयो।
 
वर्तमान अवस्थामा देशको यस्तो नाजुक अवस्थामा oxygen  र vaccine अनि अन्य उपचारको व्यवस्था मिलाउन भन्दा  नेताहरू आफ्नो सत्ता बचाउन मरिहत्ते लागि परेका छन् ।सत्ता बचाउन  राती राती कानुन बनाउन छन् ।यो सबै समस्या आयको जनताको कमि कमजोरी ले नै हो ।जनताले योग्य व्यक्तिलाई चुनेको भय यस्तो लाज लाग्ने अवस्था आउने थिएन ।मानिसले oxygen लिन्छ कि carbon dioxide लिन्छ चिन्न नसक्ने त वन मन्त्री हुन्छन् अनि कसरी शासन गर्न सक्छन् ।

   यदि देशलाई सिक्किमीकरण हुनबाट बचाउने हो भने कुर्सी बचाउने अभियान भन्दा देश बचाउने अभियान मा लाग्दा  राम्रो हुन्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *