नेपालगन्ज उपमहानगरपालिका लगायत २३ वटा वडामा   भोलि देखि अत्यावश्यक कामबाहेक अरु ठप्प पार्ने 

नेपालगंज बिशेष स्थानीय तह

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका अन्तर्गत रहेका २३ वटा वडामा भोलि अत्यावश्यक कामबाहेक अन्य कामकाज ठप्प पार्ने गरि आन्दोलनको कार्यक्रम रहेको छ ।

नेपाल सरकार मन्त्री परिषदको मिति २०८० भदौ २१ गतेका दिन बसेको बैठकबाट संघीय निजामती विधेयक २०८० पारित गरि संसदमा पेश गर्ने निर्णय भएको र उक्त विधेयकमा स्थानीय कर्मचारीहरुको सेवा सुरक्षा लगायतका विषयहरु अस्पष्टता रहेको हुदा काठमाण्डौं केन्द्रीय आन्दोलनका कार्यक्रमहरु भएकोमा नेपालगन्ज उपमहानगरपालिका स्थानीय सङ्घर्ष समिति गठन भई केन्द्रीय समितिद्वारा घोषणा गरिएका २० बुदे माग अघि सारिएको हुदा उक्त मागहरुलाई ऐक्यबद्धता जनाउदै नेपालगन्ज उपमहानगरपालिका अन्तर्गत रहेका २३ वटै वडामा पनि भोलि देखि आन्दोलनका कार्यक्रम राखिएको उक्त कार्यक्रममा संयोजक तेजेन्द्र रोकायले बताए ।

भोलि विहान १० बजे नेपालगन्ज उपमहानगरपालिकामा जम्मा भइ उपमहानगरपालिका  लगायतका २३ वटै वडामा पेन डाउन गरि कामकाज नगर्ने कार्यक्रम रहेको रोकायले बताए ।
हेर्नुहोस् मागपत्र :

Leave a Reply

Your email address will not be published. Required fields are marked *