नेपालगन्ज : बिश्वभरमा फैलिएको कोरोना भाइरस कोभिड -१९ को दोस्रो लहरमा फैलिएको कोरोना भाइरस अहिले नेपालमा हटस्पट बन्दै गइरहेको छ ।
अहिले अन्य क्षेत्रको तुलनामा बाँकेको नेपालगन्ज कोरोना बिरामीको चापले गर्दा अस्पतालमा बिरामीहरुले बेड नपाएर र अक्सिजनको कमिले कैयौंले ज्यान गुमाइ सकेका छन् भने अहिलेको अवस्थामा नेपालगन्ज उपमहानगरपालिकाले प्रत्येक वाडमा आइसोलेसनको ब्यवस्था गरे पछि अलि सहज भएको पाइन्छ ।

भेरी अस्पतालमा भर्ना भएका कोभिड संक्रमित बिरामी र तिनका आफन्तहरुलाई सहजका लागि खाद्यान्न र अस्पतालमा अक्सिजको कमि भएकाले अम्बिका काफ्ले र हेमराज थापाको टिमले आज भेरी अस्पतालका बिरामीलाइ खाद्यान्न तथा बिरामीको लागि ५० सिलिन्डर बराबरको अक्सिजन अस्पताल लाई दिएको छ ।
हिमालय हेल्पिङ संस्था र अम्बिका काफ्ले, हेमराज थापाको नेतृत्वले नेपालगन्जको भेरी अस्पतालको क्यान्टिनमा आलु १६२ के जि ,काउली ३० के जि,प्याज ५० के जि ,काक्रो ५० के जि ,ट्माटर,५० के जि लौका ५० के जि ,खुर्सानी १०के जि ,बन्दा,४४ के जि चामल ३० बोरा,आटा १५ बोरा भेरी अस्पतालका मेसु डा प्रकाश थापालाई उक्त टीमले बुझाएको थियो ।

