
नेपालगन्ज – भेरी अस्पताल नेपालगन्जको इमर्जेन्सी बिभागमा कक्षमा कार्यरत सामान्य चिकित्सक ( हेल्थ अस्सिटेन्ट) पदका पुपेन्द्र शाहीमाथि बिरामीका
आफन्तहरूद्वारा हातपात भएको छ ।

अस्पतालको कोभिड वार्डमा उपचाररत कोरोना संक्रमितका एक जना कुरुवा आएर एक्कासी आफुलाई कुटपिट गरेको शाहीले बताए ।
कोरोना महामारीको भयावह अवस्थामा चिकित्सक तथा स्वास्थ्यकर्मीले ज्यान जोखिममा पारेर काम गरिरहेका बेलामा स्वास्थ्यकर्मीमाथि कुटपिट भएपछि अस्पतालका कर्मचारीहरु आक्रोसित भएका छन । डियुटीमा खटिएका स्वास्थ्यकर्मीलाई मरेको बिरामीलाई किन हेर्न नआएको भनेर ३/४ जनाको समूहमा आएका व्यक्तिहरुले कुटपिट गरेका थिए । उक्त व्यक्तिहरुको अहिलेसम्म पहिचान हुन सकेको छैन । स्वास्थ्यकर्मीमाथि आक्रमण गरि फरार रहेका व्यक्ति अहिलेसम्म पनि प्रहरीले पक्राउ गर्न नसकेको अस्पतालले जनाएको छ ।
उक्त अस्पताल विकास समिति कर्मचारी युनियनका अध्यक्ष होमनाथ सुवेदीले यसरी अस्पतालका स्वास्थ्यकर्मीमाथी विनाकारण कुटपिट तथा आक्रमण गर्ने कार्य निन्दनिय भएको र दोषीलाई कडा कारवाहीको माग गर्नुभएको छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा- प्रकाश थापा र अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रमोद धितालले प्रेस विज्ञप्ति निकाली खेद प्रकट गर्नु भएको छ । तत्काल दोषीलाई कारबाही र भयरहित वातावरणमा काम गर्ने वातावरण सिर्जना गरिदिन प्रशासनलाई आग्रह गरिएको छ ।
