कोरोना संक्रमित लगायत जुनसुकै तहका बिरामीलाई घरमै सेवागर्नु परे होलस्टिक होम केयरलाई सम्झनुहोस् : सञ्चालक गिरी

कोरोना विशेष जीवनशैली नेपालगंज बिशेष स्वास्थ्य/ खेलकुद

गणेश पौडेल नेपालगन्ज : कोरोना महामारीको दोस्रो लहरले अहिले बाँके जिल्लामा भयावह स्थिति भएको छ । अस्पतालमा बेड अभाब भएर बिरामीहरु घरमै उपचार गर्न वाध्य भएका छन् । यस्तो परिस्थितिमा नेपालगन्जमा सञ्चालनमा रहेको होलस्टिक होम केयरले चिकित्सकसंग सल्लाह गरि घरमै गएर जुनसुकै किसिमका बिरामीहरुको सेवा दिदै आइरहेको उक्त संस्थाकि सञ्चालिका सुमन गिरीले बताउनुभयो ।

होम आइसोलेसनमा रहनुभएका कोभिड संक्रमित र असहज यो परिस्थितिका कारण अस्पताल सम्म पुग्न नसकेका बिरामीहरुको केयरका लागि नेपालगन्जमा रहेको होलस्टिक होम केयरले नर्सिङ केयरको सुविधा दिइरहेको छ । सेन्टरले २४ सै घण्टा नर्सिङ केयरको सुविधा उपलब्ध गराउने गिरीले बताउनुभयो । उक्त सेन्टरका नर्सहरु अस्पतालमा नियमित अफ्नो डिउटी सकेर आराम गर्ने समयमा यसरी घरघरमै गएर सेवा दिन्छन् ।

गिरीले आफुहरुले पहिले देखिनै नियमित सेवा दिईरहेको भएपनि अहिले कोभिडका बिरामीहरुलाई समेत सेवा दिन सुरु गरिसकेको बताउनुभयो । अस्पतालका फिजिसियन डा.आसिम किदवाईसँगको कुराकानी पछि अस्पतालमा शैया नपाएर घरमै स्वास्थ्य लाभ गरिरहनुभएका , सामान्य लक्षण भएका बिरामीहरुलाई सेवा दिइरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार उक्त केयर टीममा १५ जना बढीको नर्सिङ सङ्ख्या रहेको बताउने गिरीले आवश्यक परे अरु मेनपावर पनि थप्ने बताउनुभयो ।

अहिले २५ बढी बिरामीहरुलाई सेवा दिइरहेका छौ, समस्या भए दिनरात सबैलाई सेवा दिन तयार छौ, नआत्तियर बस्नुहोस् गिरीले भन्नुभयो । होलेस्टिक होम केयरले २४सै घण्टा नर्सिङ केयरसँगै स्टिच रुमुभल, ड्रेसिंग, भ्याक्सीनेसन, फिजियोथेरापी, काउन्सिलिङ, लगायत कोभिडका बिरामीलाई चिकित्सकको निर्देशन अनुसार दिनुपर्ने सम्पुर्ण सेवाहरु दिने गिरीले बताउनुभयो । ८ किलोमिटरको स्थानसम्म आफै जान सक्ने र कोहलपुर, खजुरासम्मका बिरामीको लागि आफन्त आएर लिन सहयोग गरे जान सकिने उहाँको भनाई छ ।

यस्तै घरमा बस्दा रगत जाँच, अन्य आवश्यक जाँच लगायतमा पनि ठूलै समस्या पर्ने गर्छ । बिरामीहरुको लक्षण अनुसार हरेक कुराको निगरानी गर्नुपर्ने भएको भएरपनि यो सेवाका लागि बागेश्वरी डाइग्नोस्टिक सेन्टरले सेवा दिने भएको छ । सेन्टरका अनुसार कोभिडका बिरामीहरु र अन्य विभिन्न समस्या भएका बिरामीहरुलाई यो समय ल्याब सम्म आउने समस्या हुने भएकाले घरमै पुगेर भएपनि सेवा दिन थालिएको हो ।

सबै प्रकारको रगत जाँचको लागि घरमै गएर स्याम्पल कलेक्सन, कोभिड संकास्पद बिरामीको श्वाब कलेक्सन, लगायतको लागि नआत्तिन सेन्टरले सबैमा आग्रह गरेको छ । । यस्तै होम आइसोलेसनमा रहेका संक्रमितहरुको चासो राख्दै उहाँहरुको समस्या सामाधानका लागि केहि विशेषज्ञ चिकित्सकहरुले नि:शुल्क परामर्श दिने जनाउनुभएको छ ।

भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा.राजन पाण्डे, नेपालगन्ज मेडिकल कलेजमा कार्यरत फिजिसियन डा.आसिम किदवाई , डा- सुभाष योगी, डा- मधु अर्याल, भेरी अस्पतालका फिजिसियन डा.राजेश मण्डल, डा.खगेन्द्र जंग शाह, डा.पारश श्रेष्ठ लगायतले हरेक समस्याको परामर्शका लागि भाइबर , फेसबुक म्यासेन्जर लगायतबाट परामर्श दिने सामाजिक सन्जाल मार्फत जानकारी दिनुभएको छ ।

घरबाटै सेवा लिन निम्न नम्बरमा सम्पर्क गर्ने ?
— नसिर्ङ केयर लगायतको सेवाका लागि : होलस्टिक होम केयर
सम्पर्क नं : ९८६८१४७३८९

Leave a Reply

Your email address will not be published. Required fields are marked *