बरिस्ठ पत्रकार खान र पत्रकार परियारलाई विरमी चन्द्र ग्रामीण विकास पत्रकारिता पुरस्कार

नेपालगंज बिशेष

नेपालगन्ज : प्रेस सेन्टर नेपाल  बाँकेले बरिष्ठ पत्रकार सिराज खानलाई र पत्रकार कविन्द्र परियारलाई  विरमी-चन्द्र ग्रामीण विकास पत्रकारिता पुरस्कार-२०७७ प्रदान गरेको छ ।

सेन्टरको आज शुक्रबार नेपालगन्जमा सम्पन्न चौथो जिल्ला अधिवेशनमा गोरखापत्र दैनिकका नेपालगन्ज संवाददाता खानसँगै आदर्श आवाज डटकमका कार्यकारी सम्पादक कविन्द्र परियारलाई प्रतिनिधिसभा सदस्य पूर्णा सुवेदी, प्रदेशसभा सदस्य आइपी खरेल, बिरमी चन्द्र फाउण्डेशनकी संरक्षक प्रदेशसभा सदस्य कृष्णा केसी ‘नमूना’, प्रेस सेन्टरका लुम्बिनी प्रदेश संयाेजक मानसिंह विक, प्रेस सेन्टर बाँकेका अध्यक्ष डक्टप्रसाद धितालले नगद पाँच हजार राशीको  पुरस्कार प्रदान गरिएको छ ।

त्यसैगरी क्रान्तिकारी पत्रकारिता पुरस्कारबाट पत्रकार प्रदीप वाग्ले पुरस्कृत भएका छन् । संगठनले पूर्व अध्यक्षहरु सुदिप लामिछाने, प्रदीप वाग्ले, संगठनका नेता शिव परियार, भिमराज वलीलाई प्रमाणपत्रले सम्मानित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *